दुर्घटनामा अनमीको मृत्यु

स्केच : इन्टरनेटबाट

मेरो खुसी संवाददाता
कोहलपुर : दुर्घटनामा परी कोहलपुरमा अनमी शोभा केसी बटालाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार बिहान कोहलपुरको न्यूरोडमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा पछाडि बसेकी बटालाको मृत्यु भएको हो । दुर्घटनाबाट घाइते भएकी उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । मोटरसाइकल चालक डन्डविक्रम विष्ट भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनी बैजनाथ गाउँपालिकाको वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत थिइन् । एम्बुलेन्स चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको जनाएको छ ।