‘कोभिड-१९ रिलिफ फण्ड’को बन्यो १३ सदस्यीय समिति

प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’

मेरो खुसी संवाददाता
नेपालगन्ज : लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग प्रभावित भएको भन्दै सहयोगका लागि प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले ५० हजार रुपैयाँ राखेर सुरु भएको कोभिड १९ रिलिफ फण्डको १३ सदस्यीय समिति बनेको छ ।
प्रदेश सभा सदस्य नमूनाको संयोजकत्वमा नेपालगन्ज उपमहानगरका उपमेयर उमा थापामगर, विजया धिताल, समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राई, राप्रपा युवा नेता ऋषिराज देवकोटा, नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य भीम रानाभाट, अधिवक्ता लोकबहादुर शाह, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, युवा संघ नेपालका जिल्ला संयोजक तथा केन्द्रीय सदस्य किशोर थापा, लायन्सकर्मी मुकुट ढकाल, संजय थापा, र सूर्यप्रकाश घर्ती मगर सदस्य भएका छन् । समितिको सदस्य सचिव सिद्धार्थ अस्पतालका प्रबन्ध निर्देशक धनराम ओलीलाई बनाइएको छ ।
फण्डमा मंगलबार अधिवक्ता लोकबहादुर शाहले ५१ हजार, दमनध्वज क्षेत्री १० हजार दीपबहादुर घर्ती ५ हजार र मोहित शाह ५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको सदस्य सूर्यप्रकाश घर्ती मगरले जानकारी दिए ।