विश्वमा साढे ६ लाख बढीले जिते कोरोना

करिव २५ लाख संक्रमित, एक लाख ७१ हजार ३३१ जनाको मृत्यु

नेपालगन्ज : विश्वमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भयावह रुपमा फैलिदै गएपनि निको हुनेको संख्या समेत बढ्न थालेको छ । कोरोना भाइरस सम्वन्धी सूचना अध्यावधिक गर्ने वेभसाईट वोल्डोमिटर्स डट ईन्फोका अनुसार विश्वका विभिन्न देशमा हालसम्म कोरोना संक्रमित भएका मध्य ६ लाख ५८ हजार ६८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । हाल संक्रमित विरामीहरु २४ लाख ९९ हजार ६ सय ६७ जना रहेकोमा ५७ हजार ६ सय ३८ जना गम्भिर विरामी छन भने बाँकी १६ लाख १२ हजार ६२३ जना सामान्य विरामी रहेका छन । उनीहरु निको हुने सम्भावना रहेको चिकित्सकहरुको भनाई छ ।
कोरोनाका कारण हालसम्म विश्वमा १ लाख ७१ हजार ३ सय ३१ जनाले ज्यान गुमाइसकेका छन । सबैभन्दा बढी अमेरीकामा ४२ हजार ५१८, इटलीमा २४ हजार ११४, स्पेनमा २१ ह्जार २ सय ८२ र फ्रान्समा २० हजार २६५ जनाले ज्यान गुमाइ सकेका छन । त्यस्तै निको हुनेमा सबैभन्दा बढी जर्मनीमा ९५ हजार २ सय जना रहेका छन भने स्पेनमा ८२ हजार ५१४, अमेरीकामा ७२ हजार ३८९ जना निको भएर घर फर्किसकेका छन ।