भारतमा कोरोनाका कारण ६ सय बढीको मृत्यु

उत्तरप्रदेशमा २० जनाको ज्यान गयो

नेपालगन्ज : भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । कोभिड–१९ इन्डीया डट ओआरजीको पछिल्लो तथ्याँक अनुसार कोरोनाका कारण भारतमा ६ सय ९ जनाले ज्यान गुमाएका छन । त्यस्तै देशभर कोरोनावाट संक्रमित हुनेको संख्या १९ हजार १६२ रहेको छ । जसमध्ये ३ हजार ५ सय ५८ जना निको भएर घर फर्किएका छन् भने १५ हजार ५ जनाको उपचार भईरहेको छ ।
भारतमा कोरोनाको सबैभन्दा बढी प्रभाव महाराष्ट्र, दिल्ली, गुजरात, राजस्थान तमिलनाडु, मध्यप्रदेश र उत्तरप्रदेशमा परेको छ । बाँके बर्दिया लगायतका जिल्लासंग सीमा जोडिएका कारण उत्तरप्रदेश राज्यमा कोरोनाको संक्रमण बढ्दै जानुलाई यसक्षेत्रमा पनी चाँसोको रुपमा लिने गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उत्तरप्रदेशमा हालसम्म १ हजार २ सय ९४ जनामा कोरोना संक्रमण फेला परेकोमा २० जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *