प्रदेश ५ मा पहिलो कोरोना संक्रमित फेला, नवलपरासीमा ७८ वर्षका ब्यक्तिमा देखियो आरडीटी पोजेटिभ

नेपालगन्ज : नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाका ७८ वर्षका एक वृद्धको -यापिड टेष्टमा कोरोना संक्रमण भएको भेटिएको छ । प्रदेश ५ मा कोरोना पोजेटिभ आएको यो पहिलो पटक हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख जनस्वास्थ्य अधिकृत गौरव ढकालका अनुसार मंगलबार आरडीटी परीक्षणमा कोरोना पोजेटिभ आएपछि उनको स्वाब भैैरहवास्थित प्रादेशिक कोरोना प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ ।
ढकालले मेरो खुसीसँग टेलिफोन सम्पर्कमा भने, ‘अहिलेसम्म उनको ट्राभल हिस्ट्री भेटिएको छैन । पीसीआरको रिपोर्ट आएपछि विस्तृत जानकारी लिइनेछ ।’ प्रदेश ५ मा मंगलबारसम्म दुई हजार पाँच सय ९६ जनाको आरडीटीबाट कोरोना जाँच गर्दा एक जनाको रिपोर्ट पोजेटिभ प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।