दाइलाई कोरोना, भाइको पीसीआर रिपोर्ट नेगेटिभ

नेपालगन्ज : भारतको बहराइचमा कोरोना संक्रमित देखिएका नेपालीको भाइको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका २ सुजनपुरका युवालाई कोरोना संक्रमण भएको थियो । ठाकुरबाबाका नगर प्रमुख  घननारायण श्रेष्ठले दाइसँगै काम गरेर घर फर्केका भाइको आरडीटी र पीसीआर दुबै प्र्रविधिबाट कोरोना परीक्षण गर्दा दुबैको रिपोर्ट नेगेटिभ छ । युवाका कोरोना संक्रमण देखेपछि सुजनपुर गाउँमा बाहिरको मान्छेलाई प्रवेशमा रोग लगाउँदै लकडाउन गरिएको छ । बहराइचमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएपछि बाँके र बर्दियाको सीमा नाकामा कडाइ गरिएको छ ।