नेपालमा कोरोना संक्रमित ५१ जना

नेपालगन्ज : नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.समीरकुमार अधिकारीले आइतबार मध्यान्न सवा १२ बजे विज्ञप्ती जारी गरी पर्साका थप दुई जना ५० वर्षका पुरुषमा कोरोना संक्रमण भएको जनाएका छन् । स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । योसँगैै नेपालमा संक्रमितको संख्या ५१ पुगेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा १२ जना उपचारपछि घर फर्केका छन् ।