बारामा दुई र पर्सामा एक गरी थप तीनसहित नेपालमा कोरोना संक्रमित संख्या ५७

नेपालगन्ज : नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबार भिडियो लाइभ पत्रकार सम्मेलनमा बारामा ४३ र ३१ वर्षका दुई पुरुष र पर्सामा ४६ वर्षका अर्का पुरुषमा कोरोना संक्रमण भएको बताए । तीनै जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दिल्लीबाट फर्केका कोरोना संक्रमितसँगै नेपाल आएका थिए । थप तीनसँगै नेपालमा संक्रमितको संख्या ५७ पुगेका छ । अस्पतालमा उपचार गराइरहेका ४१ जनाको अवस्था पनि सामान्य रहेको देवकोटाले प्रष्ट पारे । १६ जना भने निको भएर घर फर्किसकेका छन् ।