सरकारसँग राहत प्याकेज घोषणा गर्न माग

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस (कोभिड–१९) बाट मारमा परेको उद्योगी, व्यवसायीहरुका लागि सरकारले राहातका प्याकेज घोषणा गर्न माग गरेको छ ।
संंघको बुधवार नेपालगन्जमा बसेको बैठकले २०७६ चैत्र महिनादेखि २०७७ अषाढ मसान्तसम्म बैंक ब्याज मिनाहा गर्ने, ऋण लिएका उद्योगी, व्यवसायीहरुलाई कम्तीमा पनि तीस प्रतिशत ंपुर्नकर्जा व्यवस्था गर्नुपर्ने र किस्ताको रुपमा चल्ने सम्पूर्ण ऋणलाई पुर्न तालिकिकरण गर्न जोडदार माग गरेको अध्यक्ष अब्दुलवाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै विद्युत कार्यालयले लिने डिमाण्ड शुल्क बन्दाबन्दीको समयमा बन्द भएको उद्योगहरुलाई डिमाण्ड शुल्क शत प्रतिशत मिनाहा गर्न र आमनागरिकको हकमा ५० प्रतिशत मिनाहा गर्न सरकारसँग माग गरिएको छ ।
त्यस्तै खुल्ला सीमाका कारण कोरोना भाइरस भित्रिन सक्ने उच्च जोखिम यथावत भएको हुँदा कृषि उत्पादन र अन्य स्वदेशी उत्पादनलाई बढाव दिने गरि सम्बन्धित निकायहरुले बजारीकरण, ढुवानी र आपूर्ति व्यवस्थालाई सहज बनाउदै सीमा नाका अझ कडाइका साथ बन्द गर्नका लागि दबाव दिने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *