९ वर्षमा नेपालगन्जको तापक्रम (सूचीसहित)

सन् २०१२ मा सबैभन्दा बढी ४५ डिग्री सेल्सियस तापक्रम मापन, ८ वर्षको अप्रिल महिनामा भने सर्वाधिक ४२ डिग्री सेल्सियस
जल तथा मौसम विज्ञान विभागको हावापानी फिल्ड कार्यालय राँझाका प्रमुख पलबहादुर बिक नेपालगन्जको मौसम मापन गर्दै। फोटो : मेरो खुसी

मेरो खुसी संंवाददाता

नेपालगन्ज : नेपालगन्ज देशकै सबैभन्दा गर्मी हुने सहर हो ।
जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी फिल्ड कार्यालयका अनुसार सन् २०१२ मा यहाँको तापक्रम अहिलेसम्मकै सर्वाधिक ४५ डिग्री सेल्सियस थियो । नौ वर्र्षको अवधिमा रेकर्ड गरिएको यो तापक्रम सबैभन्दा उच्च हो । विगत ८ वर्षको अवधिमा अप्रिल महिनामा भने नेपालगन्जमा ४२.२ डिग्री सेल्सियसभन्दा बढी तापक्रम छैन ।
फिल्ड कार्यालयका प्रमुख पलबहादुर विक भन्छन्, ‘चैत्र लाग्यो भने गर्मी सुरु हुन थाल्छ । वैशाखमा चर्को गर्मी हुन्छ । अप्रिल महिना बढी गर्मी हुने महिनामै पर्छ ।
बुधबार नेपालगन्जको तापक्रम यो वर्षकै सर्वाधिक बढी ३४.७ मापन गरियो । अप्रिल महिनाभरी भने सन् २०१३ देखि सन् २०२० सम्मको तापक्रमको तथ्यांक विश्लेषण गर्दा सन् २०१६ मा सर्वाधिक ४२.२ डिग्री सेल्सियस रहेको देखिन्छ । औसत रुपमा यो महिनामा ४० डिग्री सेल्सियस तापक्रम भएको देखिन्छ ।