सांसद नमूनाको माग सामुदायिक आइसोलेसन

नेपालगन्ज : प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले सामुदायिक आइसोलेसन बनाउन प्रदेशसभा सरकारसँग माग गरेकी छन् ।
सांसद नमूूनाले मंगलबार प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेल र प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराललाई १२ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै कोभिड १९ को लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीहरुलाई राख्नका लागि सामुदायिक आइसोलेसनमा जानुपर्ने माग गरेकी हुन् ।
उनले बाँकेको आफ्नो निर्वाचन क्षेत्रमा पर्ने नरैनापुर गाउँपालिकामा कोरोनाको संक्रमण बढ्दो अवस्थामा रहेकाले व्यवस्थित रुपमा क्वारेन्टाइन बनाउनु पर्ने, सीमाबाट आवागमन बन्द गर्नुपर्ने सुझाव दिएकी छन् । भेरी अस्पतालमा पीसीआरबाट कोरानाको परीक्षणको संख्या बढाउनुपर्ने, निजी अस्पतालका चिकित्सकलाई पनि कोरोनाविरुद्धको अभियानमा परिचालन गर्नुपर्ने सुझाव दिएकी छन् ।