नरैनापुर-५ का ५ संक्रमितलाई पनि नेपालगन्ज ल्याइयो

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिका ५ का बुधबार पुष्टि भएका ५ जना संक्रमितलाई पनि नेपालगन्ज ल्याइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बुधबार अपरान्हतिर उनीहरुलाई नेपालगन्ज ल्याइएको हो । नरैनापुरका ५९ जनालाई मंगलबार राति १० बजेसम्ममा नेपालगन्ज ल्याइएको थियो । नरैनापुुरका ६४ जनालाई नेपालगन्जमा ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *