स्वर्गद्वारी टोल समितिद्वारा रक्तदान

नेपालगन्ज : स्वर्गद्वारी टोल विकास समिति नेपालगन्जले आयोजना गरेका रक्तदान कार्याक्रममा १८ जनाले रक्तदान गरेका छन् ।
विश्वव्यापी रुपमा कोरोना भाइरसको कारण सबैतिर लकडाउनको बेला रगतको अभावलाई मध्यनजर गरी नेपालगन्ज उपमहानगर पालिका वडा नं. १२ स्वर्गद्वारी टोल विकास समितिले शुक्रवार रक्तदानको आयोजना गरेको हो ।
स्थानीय समाजसेवी रोमा राम पण्डितको आगुवाईमा भएको उक्त रक्तदान कार्याक्रममा दुई जना महिला सहित १८ जना रक्तादाताहरुले रक्तदान गर्नु भएको छ । रक्तदान गर्नेहरुमा सुनील पोख्रेल, अभिषेक खनाल, सुभास पण्डित, आदेश शर्मा, राजेश पण्डीत, सुधीर गौतम, अल्का शर्मा, सुदीप गौतम, नारायण पण्डीत, विनोद गौतम, कमल ऋषिराम पोखरेल, प्रविण रेग्मी, जगत राम चौधरी, विष्णु चालिसे विश्वास योगी, नीशा खड्का, होमराज गिरीले रक्तदान गरेका थिए । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरि र केशर सिंह डाँगीले प्राविधिक सहयोग गरेका थिए ।