देशभरीकै संंक्रमितमध्ये प्रदेश ५ मा आधा (सूचीसहित)

नेपालगन्ज : देशका कूल संक्रमितमध्ये झन्डै आधा प्रदेश ५ मा मात्र छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार बिहानसम्म देशभरीमा पाँच सय ८४ संक्रमित रहेकोमा प्रदेश ५ मा मात्र दुई सय ७१ छन् । जुन देशभरका संक्रमितमध्ये ४६.४० प्रतिशत हुन आउँछ ।
प्रदेश ५ मा एक जनादेखि एक सय ४२ जनामा कोरोना संक्रमण छ । सबैभन्दा बढी बाँकेमा एक सय ४२ छ । कपिलवस्तुमा ७७, रुपन्देहीमा ३७, नवलपरासीमा ६, दाङमा ५, बर्दियामा ३ र गुल्मीमा एक जना संक्रमित छन् । कोरोनाबाट प्रदेश ५ को बाँके र गुल्मीमा कोरोनाबाट एक–एक जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *