कोरोनाबाट बाराका ७० वर्षका पुरुषको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु ४

नेपालगन्ज : कोरोना भाइरस (कोभिड -१९) बाट बाराको कलैयामा एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले सोमबार अपरान्ह भिडियो पत्रकार सम्मेलनमा कलैया ७ का ७० वर्षका वृद्धको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् । उनको मृत्यु ४ जेठमा नै भए पनि राष्टिय जनस्वास्थ्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना पुनःपरीक्षणको रिपोर्ट आएपछि कोरोनाबाट मृत्यु भएको पुष्टि गरिएको देवकोटाले बताए । यस अघि नारायणी अस्पतालमा गरिएको परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको थियो । मृतक व्यक्तिलाई टिबी र स्वास प्रस्वास सम्बन्धीी समस्या थियो ।