बर्दियाको गुलरियाका ३ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया: बर्दियाको गुलरियाका तिनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउसो सवा ४ बजे गरेको पत्रकार सम्मेलनमा वर्दियाको गुलरिया नगरपालिका वडा नम्वर १० का दुईजना र वडा नम्वर २ का १ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित लाइभ अपडेटमा बोल्दै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा गुलरिया १० का २२ र २४ वर्षीया पुरुष र गुलरिया–२ का १८ वर्षका पुरुष रहेको बताए । त्यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा अछामका ३२ वर्षीया पुरुष रहेका छन् । उनी अछाम अस्पतालमा रहेका छन् । यस्तै नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २ जनामा पोजेटिभ आएको छ । उनीहरु जिराभवानी गाउँपालिकका–४ पर्साका १८ वर्षीया पुरुष र काठमाडौं महानगरपालिका–१५ घर भएका बारा कलैयामा कार्यरत एकजना २८ वर्षीय पुरुष रहेका छन् ।