९ लाख नगदसहित ७ जुवाडे पक्राउ

टीकापुर : कैलालीको सुखडबाट प्रहरीले झन्डै नौ लाख रुपैयाँ नगदसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक हरिशरण भट्टका अनुसार बिहिबार बेलुका घोडाघोडी नगरपालिका-१ सुखडमा करण थापाको घरमा तास खेल्दै गरेका अवस्थामा ८ लाख ९३ हजार ५० रुपैया नगदसहित जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अक्कल शाहीबाट २ लाख, विक्रम बुढाबाट १ लाख, कैलाश सिंह धामीबाट ४९ हजार ५ सय, मोहन जोशीबाट ५९ हजार ४ सय, दीपेश ऐरबाट ३३ हजार ३ सय, कमल चौधरीबाट २३ हजार २ सय ५० र तुलाराम अधिकारीबाट २० हजार नगद बरामद गरेको हो । विशेष सूचनाको आधारमा प्रदेश प्रहरी अनुसन्धान (आइटी) समूह र इलाका प्रहरी कार्यालय सुखडको टोलीले उनीहरुलाई प्रकाउ गरेको हो । चार जना जुवाडे भने घरको छतबाट हाम फालेर भागेका थिए। उनीहरुको खोजी कार्य जारी रहेको इप्रका सुखडले जनाएको छ ।