कुवँरको १३ औं पूण्यतिथिमा श्रद्धाञ्जलीसभा

नेपालगन्ज : महिला विकास अधिकृत बिन्दु कुँवरको १३ औं पूण्यतिथिमा नेपालगन्जमा श्रद्धाञ्जलीसभा गरिएको छ ।
कुवँरका शुभचिन्तकहरुद्वारा नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तिहरुले स्व.कुवँरको व्यक्तित्व र सामाजिक योगदानमा बारेमा चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह, कोहलपुुर नगरपालिका महिला तथा बालबालिका शाखामा कार्यरत महिला विकास अधिकृत घटना शाह र नेपालगन्ज उद्योग वाणिज्य संघकी पूर्वउपमहासचिव रचना श्रेष्ठले समाजमा गरेको योगदान कसैले भुल्न नसक्ने बताएका थिए ।
त्यसैगरी नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष जयनारायण शाह, समाजसेवी मीना श्रेष्ठ, मानव अधिकारका लागि महिला, एकल महिला समूहकी केन्द्रीय उपाध्यक्ष शोभा बि.सी., बाल अधिकारकर्मी सल्मान सल्मानी, अछामी सेवा समाजका अध्यक्ष टेकबहादुर खड्का, सुदुरपश्चिमेली समाजका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना, शिक्षाविद् किरण आचार्य, पश्चिम तारा नेपालकी अध्यक्ष परिना चौधरी, उच्च अदालत बार एसोसिएसनका अध्यक्ष विकास आचार्य लगायतले कुवँरको व्यक्तित्वका बारेमा बोलेका थिए ।
कार्यक्रमका सहभागिहरुले कुवँरको सामाजिक योगदानलाई अविश्मरणिय बनाउन अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । श्रद्धाञ्जली सभामा उपस्थित कुवँरका बुवा नवलसिंह कुवँर भावुक भएका थिए । उनले भने–मेरी छोरी घरकी मात्रै नभएर समाजकी गहना हो, आज उक्त गहना गुमाउनु परेको पीडा सहन नसक्ने छ । उनले छोरीकै कारण आफ्नो संघर्षपूर्ण जीवन सहज भएको उल्लेख गरे । लामो समयदेखि क्यान्सर रोगबाट पीडित कुँवरको गत २५ जेष्ठमा काठमाडौंमा निधन भएको थियो ।