कोरोना संक्रमितमध्ये ७% मात्र महिला

कोरोनाबाट मृत्यु हुनेमा भने पुरुष र महिला आधा आधा छन्

नेपालगन्ज : बाँके जिल्लामा झन्डै ७ प्रतिशत महिला मात्र कोरोना संक्रमण भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शुक्रबार बिहानसम्म बाँकेमा तीन सय २७ जना कोरोना संक्रमित भएकोमा महिलाको संख्या २२ मात्र छ । पुरुष तीन सय पाँच जना छन् । जुन पुरुष ९३.२७ प्रतिशत र महिला ६.७२ प्रतिशत हो ।
जिल्लामा सबैभन्दा धेरै कोरोना संक्रमित महिला नेपालगन्जमा १३ जना छन् । उनीहरु सबै निको भएर घर गइसकेका छन् । खजुरामा ५, राप्ती सोनारीमा २, नरैनापुर र बैजनाथमा एक एक जना महिला संक्रमित छन् । जिल्लामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । जसमा पुरुष र महिला आधा आधा छन् । नरैनापुर ५ का २५ वर्षका पुरुष र बैजनाथ ६ की महिलाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना निको भएर घर फर्कनेको संख्या भने दुई सय ९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।