नेपालमा हरेक ३ मिनेटमा १ जना व्यक्तिमा कोरोना संक्रमण !

असारका ५ दिनमा मात्र देशको कूल संक्रमितको झन्डै एक तिहाइ नयाँ संक्रमण पुष्टि

नेपालगन्ज : नेपालमा हरेक ३ मिनेटमा एक जनामा कोरोना संक्रमण भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबारको पत्रकार सम्मेलनमा देशका ७४ जिल्लामा ८ हजार दुई सय ७४ जनामा कोरोना संक्रमण भएको भएको जानकारी दिए । जबकी असारका पाँच दिनमा मात्र कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय १४ छ । जुन देशका कूल कोरोना संक्रममितको झन्डै एक तिहाइ हिस्सा हुन आउँछ । अर्थात कूल संक्रमितमध्ये असार १ देखि ५ गतेसम्मका संक्रमित मात्र ३०.३८ प्रतिशत हो । असार १ मा ४५१ जना, २ गते ३८० जना, ३ गते ५८६ जना, ४ गते ६७१ र ५ गते ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पाँच दिनको तथ्याङ्क मात्र विश्लेषण गर्र्दा पनि हरेक दिन (२४ घण्टा) मा ५०२ भन्दा बढी नयाँ संक्रमित थपिँदै गएका छन् । जुन हरेक घण्टा झन्डै २१ जना हुन आउँछ । हरेक तीन मिनेटमा १ जना नयाँ संक्रमित थपिएको देखिन्छ । यो तथ्याङ्कले कोरोना संक्रमणको जोखिम झनपछि झन बढ्दै गएको सहजै अनुमान गर्न सकिन्छ । शुक्रबारसम्म देशभर कोरोनाबाट २२ जनाको मृत्यु भइसकेको छ भने निको भएर घर जानेको संख्या भने एक हजार चार सय दुई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *