एकैदिन संक्रमित हुनेमा ५३% डिस्चार्ज

नेपालगन्ज : नेपालमा शनिबार संक्रमित पुष्टि भएको संख्यामा डिस्चार्ज हुने आधा भन्दा बढी भएको सुखद खबर छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २४ घण्टामा तीन सय ३१ जना नयाँमा कोरोना पुष्टि गरेका थिए । एकैदिन डिस्चार्ज भएको संख्या भने एक सय ७६ रहेको बताए । यसअघि हरेक दिन डिस्चार्ज हुनेभन्दा दोब्बर तेब्बर संक्रमित पुष्टि हुने गरेकोमा शनिबार भने निको हुने ५३.१७ प्रतिशत रहेको थियो ।
नेपालका ७४ जिल्लाका ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि भएको भने डिस्चार्ज हुनेको संख्या एक हजार पाँच सय ७८ रहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या भने २२ छ ।