भजनी र जोशीपुरका २५ घर डुबानमा

मानबहादुर ठकुल्ला । भजनी
कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका दुर्ई दर्जन घर डुुबानमा परेका छन् ।
बिहीबार राति परेको अबिरल वर्षाबाट कान्द्रा र काढा नदीमा बाढी आएर भजनी त्रिशक्ति नगरपालिका–३, काँडा क्षेत्र २५ घरधुरी डुबानमा परेको उद्दारमा खटिएको सशस्त्र प्रहरी बल भजनी (बिओपी) ले जनाएको छ ।

बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक पदम भट्टले डुबानमा परेकाहरुको खाद्यान्न, लत्ताकपडा उद्दार गरेर सुरक्षित स्थानमा राखेको बताए । ‘खाद्यान्न, लत्ताकपडा उद्धार गरेर सुरक्षित स्थानमा राखेका छौ, अहिले पानीको सतह घटिरहेको छ’ भट्टले भने, ‘आवश्यक परे डुबानमा परेका ब्यक्तिहरुलाई पनि सुरक्षित स्थानमा राख्नका लागि तयारीमा छौ ।’ काडामा पानीको बहाव बढेपछि गाउँ पस्दा सो क्षेत्र डुबानमा र कटान हुन थालेपछि स्थानीयहरु समस्यामा परेका छन् । हरेक वर्षायामा यी स्थानीय तहमा डुबान र कटानको चपेटामा पर्दै आएका छन् ।