बाँके युनेस्को क्लबद्वारा क्वारेन्टाइनलाई स्वास्थ्य सामाग्री सहयोग

नेपालगन्ज : बाँके युनेस्को क्लबले कोहलपुर नगरपालिकाका ४ र बैजनाथ गाउँपालिकाका ६ वटा वारेन्टाइनलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सटार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र इस्लामिक रिलिफ नेपालद्वारा बाँके युनेस्को क्लबलाई प्रदान गरिएका सामग्रीहरु क्लबका उपाध्यक्ष पन्चम गुरुंगले कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाललाई छुट्टा छुट्टै कार्यक्रममा हस्तान्तरण गरेका हुन् । सहयोग गरेका सामग्रीहरुमा हात धुने ट्यांकीसहितको सेट, हाइजिन किट, पीपीइ सेट, डिग्निटी किट, मगसहितको बाल्टीका साथै सरसफाइका सामाग्रीहरु रहेका छन् ।