कोरोना रोकथाम तथा नियन्त्रणबारे संचारकर्मीसंग छलफल

नेपालगन्ज: स्वास्थ्य कार्यालय बाँकेले कोरोना रोकथाम तथा नियन्त्रणबारे बाँकेका संचारकर्मीहरुसंग छलफल गरेको छ । कोभिड १९ को हालको अवस्थाका बारेमा जानकारी गराई रोकथाम नियन्त्रणको चुनौतीबारे छलफल गरी सल्लाह सुझाव लिने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा कोरोना रोकथाम नियन्त्रण र उपचार सम्बन्धमा बाँके जिल्लामा भएका प्रयास र चुनौतीका विषयमा स्वास्थ्य कार्यालय बाँकेका कारेना फोकल पर्सन नरेश श्रेष्ठले प्रस्तुीतकरण गरेका थिए ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाँङ्गले कोरोना नियन्त्रणमा बाँकेले सफलता पाउँदै गरेकोको खुसी व्यक्त गर्दै जिल्लाका सार्वजनिक सेवा प्रवाहका विभिन्न क्षेत्रमा नतिजामा देखिने गरी आफुहरु काम गर्न प्रतिवद्ध भहेकोले संचारकर्मीहरुलाई निगरानी गर्न अनुरोध गरे । त्यस्तै भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाशबहादुर थापाले बाँकेमा कोरोना नियन्त्रणमा आएको आभास भएपनि अझै ढुक्क हुने अवस्था नरहेको बताए । कोरोना समुदायस्तरमा फैलिनसक्ने सम्भावना कायमै रहेकाले भेन्टिलेटर सहितका वेडहरु तयारीमा राख्नुपर्ने डा. थापाको भनाई थियो ।