बाँकेका पत्रकारको कोरोना परिक्षण

नेपालगन्ज: बाँकेका पत्रकारहरुको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको छ । कोरोना संक्रमणको समयमा संक्रमित क्षेत्रमा खटिएर समाचार संकलन गरीरहेका पत्रकारहरुको पीसीआर विद्यिवाट कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको हो । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा शनिबार नेपालगन्जमा आयोजित संचारकर्मीहरुसंग कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे छलफल कार्यक्रममा संक्रमणको समयमा संक्रमित व्यक्ति तथा क्षेत्रहरुमा रिपोटींगमा जाने २१ जना पत्रकार र एकजना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका कोरोना फोकल पसर्न नरेश श्रेष्ठले बाँकेमा कुल ३ सय ६३ जना संक्रमित फेला परेकोमा ३ सय ३८ जना कोरोना जितेर घर फर्किसकेको र दुईजनाको मृत्यु भएको जानकारी दिए। बाँकेका आइशोलेशनमा अव २३ जनामात्र बाँकी रहेको बताउँदै संख्या थपिएन भने केही दिनभित्रै बाँकेमा संक्रमितको संख्या शुन्य हुने उनले बताए ।