पाटे बाघको छाला र हड्डीसहित एक पक्राउ

 नेपालगन्ज : बाँकेमा पाटे बाघको छाला र हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश नं. ५ को प्रहरी व्युरो टोलीले राप्तीसोनारी गाउँपालिका- १ का नवराज घर्तीलाई बाघको छाला एक थान र ११ किलो बाघको हड्डीसहित पक्राउ गरेको व्युरो प्रमुख प्रमोद क्षतिले जनाएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।