भारत कोरोना बढी हुने विश्वको तेस्रो देश

नेपालगन्ज : विश्वमा कोरोना संक्रमित बढी हुने देशमा भारत तेस्रो स्थानमा उक्लिएको छ ।
विश्वभरको कोरोना रेकर्ड अपडेट गर्ने वल्र्डोमिटर्स् डट इन्फोको सोमबार बिहान ९ः२० सम्म भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार रहेको छ । कोरोनाबाट भारतमा १९ हजार सात सय जनाको मृत्यु भएको छ ।
पहिलो नम्बरमा रहेको अमेरिकामा २९ लाख ४२ हजार संक्रमित र एक लाख ३२ हजार जनाको मृत्यु भएको छ । दोस्रो नम्बरमा रहेको ब्राजिलमा १६ लाख संक्रमित र ६४ हजार नौ सय जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । भारतले रसियालाई उछिनेको छ । रसियामा ६ लाख ८१ हजार संक्रमित र १० हजार एक सय ६१ जनाको कोरोनाले ज्यान लिएको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने एक करोड १५ लाख पुगेको छ भने मृतकको संख्या ५ लाख ३६ हजार ७ सय ७६ जनाको ज्यान गएको छ ।