हार्डवेयर पसललाई ५० हजार जरिवाना

कोहलपुुर : जिल्ला अनुगमन समितिले कोहलपुरको एक हार्डवेयर पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
कोहलपुर नगरपालीका–१० त्रिभुवन हाईस्कुल चोकस्थित प्रकाश ट्रेडर्सले बिक्रिस्थलमा सर्वसाधारणले देख्नेगरी मूल्यसुची र दर्ता प्रमाणपत्र टाँस नगरेको पाईएकोले उपभोक्ता तत्काल पचास हजार रुपैयाँ जरिवाना गरी मूल्यसूची र दर्ता प्रमाणपत्र टाँस गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।
अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, कोहलपुर नगरपालिका, इलाका प्रहरी कार्यालय कोहलपुर, पत्रकार, कोहलपुर उद्योग बाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।