दाङमा कैदीको मृत्यु

नेपालगन्ज : दाङ जिल्ला कारागारकी एक कैदीको मृत्यु भएको छ ।
५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार सोमबार ठगि मुद्दाकी कैदी कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका ४ घर भएकी ६४ वर्षीया अमिरुल्ला मुसलवान पेट दुख्ने बिरामी भई उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएकोमा उपचारको क्रममा राति मृत्यु भएको हो ।