नेपालमा कोरोना जित्ने ४६ प्रतिशत

नेपालगन्ज : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितमध्ये ४६ प्रतिशतले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार मंगलबार एकैदिन ६ सय ८८ जनासहित देशभरबाट ७ हजार चार सय ९९ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जुन कूल संक्रमितको ४६.४ प्रतिशत हो । मंगलवार थप दुई सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार एक सय ६८ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या भने ३५ पुगको छ ।