मास्क नलगाउने ७० जना कारबाहीमा

नेपालगन्ज :  प्रहरीले मास्क नलाएर घर बाहिर हिड्नेलाई प्रहरीले कारबाही सुरु गरेको छ ।
५ नंं. प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारले दिएको जानकारी अनुसार मंगलबार अपरान्ह रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकाको विभिन्न स्थानमा मास्क नलाएर हिड्ने ७० जनालाई प्रहरी उपरीक्षक हेमकुमार थापा नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई पहिलो पटक भएकाले सम्झाइ, बुझाइ मास्क वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *