बाँकेमा सामूहिक बलात्कारपछि महिलाको हत्या गर्ने ५ जनालाई जन्मकैद

नेपालगन्ज : बाँके जिल्लाको डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस ७) को मलेहपुर्वामा शान्ति बुढालाई सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जिल्ला अदालत बाँकेले जन्मकैदको फैसला गरेको छ ।
३२ जेठमा जिल्ला न्यायाधीश मनकुमारी जीएम विकको इजलासले डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस–६) मलेहपुरुवाका ३५ वर्षका पुत्ती भन्ने नसिफ खाँ, वर्ष ३० का सगिर खाँ, छोटु भन्ने रियाज अली अन्सारी, ४२ वर्षका ईदु खाँ र कम्दी ४ लालापुरका ३० वर्षका झलारीप्रसाद वर्मालाई जन्मकैदको फैसला श्रेस्तेदार तीर्थराज भट्टले जानकारी दिए । १९ असोज ०७३ मा मेडिकलमा औषधि लिन गएकी बुढालाई सामूहिक बलात्कारपछि हत्या गरी शव अरहर बारीमा फालिएको थियो ।