कोरोनाबाट नेपालगन्जमा ७औं व्यक्तिको मृत्यु

नेपालगन्ज : कोरोनाबाट नेपालगन्जमा ७औं व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका २१ पुरैनाका ५९ वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति ११ः४५ मा कोरोनाबाट मृत्यु भएको हो । दुबैतिरको फोक्सोमा निमोनिया भएका उनलाई प्लाज्मा थेरापी, रेम्डीसिभिर औषधि पनि चलाइएको थियो । उनको मृत्युसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।