बाँकेमा कूल कोरोना संक्रमित १५९९

आइतबार नेपालगन्जमा ५ र कोहलपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज : बाँकेमा आइतबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आइतबार नेपालगन्जमा ५ जना र कोहलपुरमा ४ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ८ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोरोना प्रयोगशालामा एक जनामा कोरोना पुष्टि भएको हो । योसँगै बाँके जिल्लामा कूल कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ९९ पुगेको छ । कोरोना निको हुने एक हजार २ सय ४४ छन् । आइसोलेसनमा उपचार गराइरहेकाहरु तीन सय ४५ जना छन् भने १० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।