रक्षक सेक्युरिटिजको बिरामीलाई सहयोग

नेपालगन्ज : रक्षक सेक्युरिटिजले बिरामी बिना शर्माको उपचारका लागि सहयोग गरेको छ ।
नेपालगन्जको सुर्खेतरोडस्थित साथी कृष्ण कटेजकी सञ्चालक शर्मा लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । सेक्युरिटिजका अधिकृत गणेशबहादुर राईले शर्माको निवासमा पुगेर उनको उपचार सहयोग अभियानमा खटेकी महिला उद्यमी दिला शाहमार्फत पाँच हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । रक्षक सेक्युरिटिजको काठमाडौंको वालुवाटारमा प्रधान कार्यालय र नेपालगन्जमा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश हेर्ने प्रादेशिक कार्यालय छ ।