बाँके कारागारका बन्दीको कोरोनाबाट मृत्यु

नेपालगन्ज : कोरोनाबाट बाँके कारागारका ५८ वर्षका एक जना कैदीको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार सुर्खेतको गुर्भाकोेट नगरपालिका ४ सहारे घर भएका कैदीको सोमबार बिहान ६ः२५ बजे भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा निधन भएको हो । कर्र्तव्य ज्यान मुद्दाका कैदी उनी पुरानो दमको बिरामी रहेको र स्वास प्रस्वासमा गम्भीर समस्या भएको थियो । योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।