कोरोनाबाट बाँकेमा एकैदिन २ जनाको मृत्यु

नेपालगन्ज : बाँके जिल्लामा मंगलबार एकैदिन दुई जनाको ज्यान गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका-७ रानी तलाउका ३९ वर्षका पुरुषको बिहान ३ः३० बजे र कोहलपुर नगरपालिका-१० का ५३ वर्षका पुरुषको बिहान ४ः१५ बजे कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालगन्जमा कोरोनाबाट मृत्यु हुने १० र कोहलपुरमा मृत्यु हुने संख्या २ पुगेको छ । बाँके जिल्लामा कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या १४ जना पुगेको छ ।