बाँकेमा थप १३ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँके जिल्लामा मंगलबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा ११ र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर नेपालगन्जको प्रयोगशालामा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ८ महिला र ५ पुरुष रहेका छन् । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार आठ सय ७३ पुगेको छ । आइसोलेसनमा तीन सय ५१ र निको हुने एक हजार पाँच सय सात जना पुगेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या भने १५ पुगेको छ ।