बाँकेमा १७ पुरुष र १७ महिला संक्रमित डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा बुधबार विभिन्न आइसोलेसनबाट ३४ जना डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार डिस्चार्ज हुनेमा १७ जना पुरुष र १७ जना महिला रहेका छन् । योसँगै बाँके जिल्लामा कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्या एक हजार पाँच सय ४१ पुगेको छ । जिल्लामा कूल कोरोना संक्रमितको संख्या भने एक हजार ८ सय ८७ रहेको छ । जसमध्ये आइसोलेसनमा तीन सय ३१ जना छन् भने १५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।