कोरोनाबाट नेपालगन्जमा १२औं व्यक्तिको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिकामा १२औं व्यक्तिको ज्यान गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१ की ३५ बर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा बुधबार दिउँसो सवा दुई बजे मृत्यु भएको हो । उनलाई मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो । नेपालगन्जमा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । कोरोनाबाट कोहलपुर नगरपालिकामा २ जना, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकामा एक एक जनाको कोरोनाबाट ज्यान गएको छ । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।