यातायातमा शुरु भयो टोकन प्रणाली (फोटो फिचर)

नेपालगन्ज : यातायात व्यवस्था कार्यालय नेपालगन्ज परिसरको बैंकमा टोकन प्रणाली लागू गरिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सो शाखामा यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख पूर्ण खत्रीले बिहीबार लाइन लागेका सेवाग्राहीलाई टोकन वितरण गरेर सेवा शुभारम्भ गरेका हुन् । ‘दैनिक औसत चार पाँच सय जना लाइनमा पालो पर्खेर बसेका हुन्थे । बाहिरबाट हेर्दा निकै भींडभाड भएको जस्तो देखिन्थ्यो । अब सेवाग्राहीले टोकन लिएर पालो अनुसार जान सक्छन्’, उनले भने, ‘टोकन प्रणालीबाट भौतिक दुरी व्यवस्थित गर्न र सेवाग्राहीलाई आफ्नो पालोमा भींड बिना नै बैंकमा सेवा लिन पुग्न सजिलो हुनेछ ।’ कोरोनाको जोखिम कायमै रहेकाले कोरोनाबाट जोगिन स्वास्थ्य सुरक्षाका सम्पूर्ण विधिहरु पालना गरेर मात्र सेवा लिन आउन खत्रीले सेवाग्राहीसँग आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *