क्षेत्रीय अस्पताल सुर्खेतका हाडजोर्नी रोग विशेषज्ञ डाक्टर सापकोटाको कोरोनाबाट बाँकेमा मृत्यु

नेपालगन्ज : हाड जोर्नी रोग विशेषज्ञ डा.हरि सापकोटाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो डाक्टर हुन् ।
कोरोना संक्रमण भएपछि भेरी अस्पताल नेपालगन्जको आइसोलेसनमा उपचार गराइरहेका डा. सापकोटाको बिहीबार पौने ३ बजेतिर निधन भएको हो । उनले बिहीबारदेखि भेन्टिलेटरमा राखिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बुका अनुसार भेरी अस्पताल नेपालगन्जमा दरबन्दी भए पनि उनी कर्णाली प्रदेश अस्पताल (साबिक क्षेत्रीय अस्पताल) सुर्खेतमा काजमा कार्यरत थिए । योसँगै एकैदिन बिहीबार कोरोनाबाट बाँकेमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।