सशस्त्र प्रहरीका जवानद्वारा बालिका र किशोरी बलात्कार गरेको उजुरी

शक्ति परियार । राजापुर
सशस्त्र प्रहरी बलका जवानले बर्दियाको राजापुरका दुई जना बालिकालाई बलात्कार गरेको उजुरी परेको छ ।
राजापुर नगरपालिका–४ छेदियावस्तीका १४ र २० वर्षिया बालिका र किशोरीले सशस्त्र प्रहरीले आफूलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय राजापुरमा उजुरी दिएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेड क्वाटर कैलाली मातहत सशस्त्र प्रहरी बल नेपाल वीओपी श्रीलंका टापु कैलालीमा कार्यरत २ जना जवानले गत १५ भाद्रको बेलुका करिब ६ बजेको समयमा श्रीलंका टापु नजिकै कर्णाली नदीमा माछा मारेर घर फर्कने क्रममा छेदियाको जंगलमा करणी गरेको भन्दै उजुरी जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए । डीएसपी खड्काले अभियुक्त उपर छानबिन प्रक्रिया भइरहेको बताए । एक महिना अघिको घटना भए पनि उजुरी परेपछि मात्र सार्वजनिक भएको हो ।