सत्ती-कर्णाली सामुदायिक वन बन्यो, पर्यटकीयस्थल

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका– ७ स्थित सती कर्णाली सामुदायिक वन उपभोक्ता समूहलाई पर्यटकीयस्थलको रुपमा विकास गरिँदै आएको छ । नजिकै नेपालकै ठूलो शिवलिङ्ग रहेको पदमप्रकाशेश्वर मन्दिर छ । बर्दिया राष्ट्रिय निकुञ्ज नजिक हुँदा यस वनमा हात्ती , गैंडा, बाघ जस्ता जनावरहरु आउने जाने प्रक्रिया चलिरहने हुदा पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गरिन लागेको टीकापुर नगरपालिका–७ का वडाअध्यक्ष रामलाल डगौरा थारु बताउँछन् ।
लोपोन्मुख बन्यजन्तु सरीसृप अजिङ्गर पनि यहि देखिन्छ । यो सामुदायिक वनभित्र पिकनिक स्थल पनि बनाइएको छ । दशै तिहार देखि नयाँ वर्षका समयमा यहाँ पिकनिक खानेहरुको भींड लाग्ने गर्दछ । २५८.६३ हेक्टर जमिनमा फैलिएको वनको पश्चिमतिर ठूलो ताल रहेको छ भने पूर्वपट्टि कर्णाली नदी छ । दक्षिणमा कर्णाली पुल छ । यस्तै, वनभित्र पिकनिक खानेहरुका लागि खानेपानीको ट्याङ्की, विश्राम घर , गोलघर लगायत खसी, कुखुरा काट्ने व्यवस्थितस्थल पनि बनाइएको छ । सामुदायिक वनमा भ्युटावर, सामुदायिक वन क्षेत्रमा दुई वटा काठे पुल भएकाले पनि यो सामुदायिक वन रमणीय बन्दै गएको छ । बेत र अजिङ्गर प्रसस्त पाइने यो सामुदायिक वन २०५१ सालमा स्थापना भएको यस सामुदायिक वनमा ११ सय जना उपभोक्ता छन भने वनमा हाल ३ जना कार्यालय कर्मचारी, ४ जना बन हेरालु र २ जना ड्राइभर रहेका छन् । वर्षायाम भएका कारण वनमा लगाइएका फूलका बोटहरुलाई नोक्सान भयो–‘तर अब केहि दिनमा वनभित्र सरसफाई गर्दैछौ अध्यक्ष धनसिह साउँदले बताए । अध्यक्ष साउँदका अनुसार यस सामुदायिक वनलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि नगरपालिकाले डीपीआर समेत तयार गरिसकेको छ ।

टीकापुर नगरपालिका–८ सामुदायिक वनका उपभोक्ता कृष्णगोपाल चौधरी भन्छन्, ‘हामीले यो पार्टी त्यो पार्टी भन्नु हुदैन, जसले राम्रो काम गर्छ उसलाई हौसला पनि दिनु पर्छ यसका पात्र अध्यक्ष साउद हुन ।’ वनलाई अझै र पर्यटकीय क्षेत्रको रुपमा व्यवस्थित गर्न सबै उपभोक्ताहरुले सकारात्मकरुपमा लाग्नुपर्ने समेत चौधरीको भनाइ छ । वनलाई चारैतिर तारबार गर्न पनि आवश्यक छ । विभिन्न संघ संस्था र स्थानीय निकायसँग समन्वय गरेर केही मात्रामा तारबार गर्न सफल भएको सामुदायिक वनका कोषाध्यक्ष मनिराम ढुङ्गानाले प्रष्ट पारे ।