बाँकेमा ३६ संक्रमित आइसोलेसनबाट डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लाका ३६ जना कोरोना संक्रमित बुधबार विभिन्न आइसोलेसनबाट डिस्चार्ज भएका छन्् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार २५ पुरुष र ११ महिला डिस्चार्ज भएका हुुन् । योसँगै बाँकेमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या एक हजार सात सय ९ पुगेको छ । बिहानसम्म दुई हजार एक सय ८६ कूल संक्रमित रहेकोमा आइसोलेसनमा चार सय ५६ जना छन् । अहिलेसम्म जिल्लामा कोरोनाबाट २१ जनाले ज्यान गुमाएका छन् ।