टीकापुर नगरपालिकाकाका कर्मचारीमा कोरोना पुष्टि, कार्यालय सिल गरिँदै

मानबहादुर ठकुल्ला । टीकापुर
टीकापुर नगरपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको सोमबार स्वाब संकलन गरिएको थियो । टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका सिल गर्ने तयारी भैरहेको जानकारी दिए । उनले कर्मचारीमा कोरोना देखिएपछि अन्यमा पनि सर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिका सिल गर्ने तयारी भैरहेको बताए ।
स्वास्थ्य शाखा प्रमुख रावलका अनुसार नगरपालिकामा बुधबार मात्रै १० जनामा कोरोना पुष्टि भएको छ । नगरपालिका भित्र कोरोना संक्रमितको संख्या २०२ पुगेको छ । ती मध्ये ५० जना सक्रिय र अन्यलाई निको भैसकेको छ । उनले नगरपालिकाका सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिने बताए । आइतबारसम्म सबै कर्मचारीको स्वाब संकलन गरिने रावलले जानकारी दिए । नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि चुनौती बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *