वक्तृत्वकलामा गुराँस माविका छात्र बोहोरा प्रथम

नेपालगन्ज : गुराँस माध्यमिक विद्यालय सानोश्री बर्दियाका कक्षा १० का छात्र राजविक्रम बोहोरा वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका छन् ।
नवौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा रुम टु रिड फिल्ड कार्यालय कोहलपुरले शुक्रबार अनलाइनमार्फत आयोजना गरेको ‘कोरोना कहरमा बालिका शिक्षा र बाल बालविवाह’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा बाँके र बर्दियाका १६ प्रतिष्पर्धीलाई उछिन्दै बोहोरा प्रथम भएका हुन् ।
प्रतियोगितामा कोहलपुरका ज्ञानज्योति माविकी छात्रा भावना भुसाल र त्रिभुवन माविकी छात्रा र र विजन जैशी दोस्रो, राम माविकी छात्रा लक्ष्मी पुन तेस्रो र त्रिभुवन माविकै छात्रा विभूति रिजालले सान्तवना स्थान प्राप्त गरेका थिए । विद्यालय खुल्ने अवस्था सिर्जना भएपछि तिहारपछि विजेतालाई पुरस्कार वितरण गरिने रुम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक खड्गबहादुर कुँवरले बताए ।