होम आइसोलेसनबाट २६ सहित बाँकेका ३१ संक्रमित डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा शनिबार ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार होम आइसोलेसनमा रहेका २६, होटल सिटी प्यालेस आइसोलेसनका ३ र न्यू इन्द्रेणी होटल आइसोलेसनका२ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा १६ महिला र १५ पुरुष छन् । योसँगै बाँके जिल्लामा कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या एक हजार ७ सय ९३ पुगेको छ । जिल्लामा कूल दुई हजार तीन सय २७ जना संक्रमित रहेकामा बाहिरी जिल्लाका २० सहित पाँच सय ३० जना आइसोलेसनमा रहेका छन् । कोरोनाबाट जिल्लामा २४ जनाको ज्यान गइसकेको छ ।