बलात्कारविरुद्ध किशोरीद्वारा चेतनाको द्वीप प्रज्ज्वलन (फोटो फिचर)

शब्द/फोटो । चेतना केसी
बाँकेको खजुरामा किशोरी क्लबले बलात्कारविरुद्ध द्वीप प्रज्ज्वल गरेको छ ।
खजुरा गाउँपालिकाको लगनशील किशोरी क्लबका पदाधिकारी र सदस्यले आइतबार साँझ ६ बजे वडा नं. ४ को एक नम्बरमा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकको उपस्थितिमा द्वीप प्रज्ज्वलन गरेका हुन् । किशोरीहरुले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने उनीहरुले हात हातमा बोकेका प्लेकार्डमा लेखिएको थियो ।