बाल विवाह न्यूनिकरणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

नेपालगन्ज : बालविवाह न्यूनिकरणका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । पछिल्लो समय बाँकेमा बालविवाह बढ्दै गएको भन्दै त्यसको रोकथामका लागि पत्रकारहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने नेपालगन्जमा आयोजित बालविवाह न्यूनिकरणमा पत्रकारको भूमिका विषयक कार्यशालाका सहभागीहरुले बताएका हुन् ।
कार्यशालामा स्याक नेपाल बाँकेका बाल विवाह रोकथाम परियोजनाका प्रबन्धक जगदिश थापाले बालबिवाह रोकथाममा पत्रकारहरुको महत्वपूर्ण भूमिका भएको बताए । जिल्लामा बालबिवाहका घटना बढ्दै गएकोले पत्रकारहरुले कार्ययोजनासहित आफ्ना सञ्चारमाध्यममा खोजमूलक समाचार सम्प्रेषण गरे बालविवाह न्यूनिकरण हुने विश्वास व्यक्त गरे । त्यस्तै, सहजकर्ता भीम अवस्थीले बालअधिकार र बाल संरक्षणका सवालहरु, स्थानीय सरकारमा हुनुपर्ने बाल संरक्षण सम्बन्धी संयन्त्रका बारेमा सहजीकरण गरेका थिए ।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा बाल संरक्षण संयन्त्र सुदृढीकरण तथा सञ्चार क्षेत्रको भूमिकाबारे कार्ययोजना बनाएने कार्यक्रम रहेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपालले आयोजना गरेको कार्यशालामा बाँकेका विभिन्न अनलाइन र रेडियोमा कार्यरत पत्रकार सहभागी भएका छन् ।